४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

पाकिस्तानमा बाढीबाट ९ सय जनाको मृत्यु



एजेन्सी ।

पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जबकी सामान्यतया देशमा वर्षाको तीनदेखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९ शनिबार ००:००  २ : ४४ बजे