१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेट : भैरहवामा कतार एयरवेजको उडानबारे छलफल



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेटमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा छलफल भएको छ । नोभेम्बरमा कतारमा आयोजना हुने २२औं संस्करणको फिफा विशवकपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  ६ : १८ बजे