१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित



काठमाण्डौ

केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।

यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

केन्याको यो जितसँगै पाँच खेलको शृङ्खलामा दुई–दुईको बराबरी भएको छ । अब पाँचौँ तथा निर्णायक खेल आज हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ६ : ०३ बजे