११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

२४ घण्टामा थपिए २ सय ५७ कोरोना संक्रमित, २ सय ३२ जना संक्रमणमुक्त



काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ९२१ नमुना परीक्षणमा २५७ जना संक्रमित फेला परेका हुन् ।

१ हजार ४५८ पीसीआर परीक्षणमा १४३ र २ हजार ४६३ एन्टिजेन परीक्षणमा ११४ मा संक्रमण पोजिटिभ देखिएको हो ।

२४ घण्टामा २३२ जना निको भएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १४६ रहेको छ । ५० हजार ३५५ जनाले २४ घण्टामा खोप लगाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ४ : ३९ बजे