१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्धपी, शिर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७९ बुधबार ००:००  ८ : १७ बजे