१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

तीजको नाच हेर्ने क्रममा दुई समूहबीच झडप हुदाँ एक जनाको मृत्यु



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदै छ,” उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ । घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”

प्रकाशित मिति : १५ भाद्र २०७९ बुधबार ००:००  ११ : ४८ बजे