५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिवराजका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा



मायादेवी अनलाइन, चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगरप्रमुख अजय थापाका अनुसार स्वास्थ्य संस्था वर्थिङ सेन्टर वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ ।गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको थापाले बताउनुभयो ।

गर्भवती तथा सुत्केरी महिलाहरूको समस्या ध्यान दिँदै नगरले अन्य कार्यक्रमहरू पनि राखेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । गर्भवती महिलाहरूले विभिन्न समयमा वार्थिङ सेन्टर गई परामर्श लिनुपर्ने थारुले बताउनुभयो ।

शिवराज नगरपालिकामा अहिले ४ वटा एम्बुलेन्स छ । प्रदेश सरकार मार्फत एउटा,भारतीय दुतवास मार्फत एउटा र दुई वटा एम्बुलेन्स खरिद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर वार्थिङ सेन्टर एउटा,चनइ वार्थिङ सेन्टरमा एउटा, शिवगढी वार्थिङ सेन्टरमा एउटा र आधारभूत अस्पताल चन्दौटामा एउटा एम्बुलेन्स राखिएको छ । वडावासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगरवासिको स्वास्थ्य क्षेत्रमा पालिका संवेदनशील बनेको स्थानीयहरूको भनाई छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९ बिहिबार ००:००  ८ : २६ बजे