१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर, यसरी दिनुहोस् आवेदन



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्रशासन अधिकृत तृतीय १८ जना, सहायक निर्देशक अधिकृत तृतीय प्राविधिक सु.प्र. १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ भदौ २०७९ शुक्रबार ००:००  ८ : ५३ बजे