२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?



काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ।

बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। परीक्षामा सहभागी हुनअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ।शुल्क ६०० रुपैयाँ तोकिएको छ।

यो अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर शुल्क बुझाउन सक्नेछन्। असोज २५ गतेभित्र जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्ने बोर्डको सूचनामा उल्लेख छ।

हेर्नुहोस् बोर्डको सूचना

प्रकाशित मिति : १९ भदौ २०७९ आइतबार ००:००  ९ : १६ बजे