२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

यी हुन् नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीबाट सिफरिस भएका उम्मेद्‌वार



अर्घाखाँची ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीले उम्मेद्‌वारको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादी अर्घाखाँचीले प्रतिनिधिसभा तर्फ मोहन गौतमको नाम सिफारिस गरेको छ । गौतम पार्टीका केन्द्रीय सदस्य हुन् ।

यस्तै प्रदेशसभा ‘क’ मा रामबहादुर चौहानको नाम सिफारिस गरेको छ । चौहान पार्टीका जिल्ला अध्यक्ष हुन् ।

प्रदेशसभा (ख) मा भने दुई जनाको नाम सिफारिस भएको छ ।

एकीकृत समाजवादीले पिताम्बर सारु र सुशील भट्टराईलाई नाम प्रदेशसभाको प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

सारु पार्टी केन्द्रीय सदस्य हुन् भने भट्टराई युवा संघ नेपालका केन्द्रीय सचिव हुन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह–इन्चार्ज यमुना भुसालको नाम सिफारिस गरिएको पार्टी जिल्ला अध्यक्ष राम बहादुर चौहानले बताए ।

प्रदेशसभाको समानुपातिकतर्फ पुष्पा भाट, मोति श्रीपाल र सुनिता बेल्वासेलाई सिफारिस गरिएको अध्यक्ष चौहानले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  ९ : १४ बजे