२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

चिनिया प्रतिनिधि मण्डल र एमाले अध्यक्ष ओलीबीच वार्ता



काठमाडौं ।
नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो। भेटमा नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए।

लिले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यही भेट गर्नेछन्। त्यसपछि लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति विद्यादेवि भण्डारीसँग लि ले भोलि भेट गर्नेछन्।

प्रकाशित मिति : २८ भदौ २०७९ मंगलबार ००:००  १२ : १५ बजे