२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

विद्युत् प्राधिकरणमा जागिरको अवसरः माग्यो ५२२ जना कर्मचारी



काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।

सूचना विस्तृत रूपमा हेर्नुहोला

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ८ : ५६ बजे