२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

सरकारी लेटरप्याडमा नेपाली भाषाको कन्तविजोग !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको एक वडा कार्यालयले नेपाली भाषाको शुद्ध प्रयोग नगरेको भन्दै सामाजिक सन्जालमा पत्र भाइरल भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं. ७ ले सरकारी लेटरप्याडमा निकालेको एक सूचनामा अशुद्ध नेपाली भाषाको प्रयोग गरिएको छ ।

उक्त पत्र सार्वजनिक भएपछि सामाजिक सन्जालमा शुद्धताको प्रश्नलाई लिएर पत्र भाइरल भएको हो ।

पत्रमा लेखिएका अधिकांश शब्द अशुद्ध छन् । सरकारी कार्यायलबाट नै नेपाली भाषाको प्रयोग अशुद्ध भएपछि यसको बौद्धिकता माथि नै प्रश्न उठाइएको छ ।

वडाध्यक्ष इन्द्रमणी कुर्मीको हस्ताक्षर रहेको उक्त पत्र वडा सचिवले नै लेखेको हुन सक्ने आशंका छ । सरकारी कर्मचारीबाट नै भाषा अशुद्ध लेख्न थालेपछि कतिपयले कर्मचारीको योग्यतामा प्रश्न उठाएका छन् ।

सरकारी निकायले लेख्ने भाषा शुद्ध हुनै पर्छ । नेपाली भाषाको प्रयोग अशुद्ध हुन थालेको भन्दै भाषाविद्हरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

वडाध्यक्ष इन्द्रमणी कुर्मीले निकालेकाृ विज्ञप्ति ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ९ : २९ बजे