२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मधेशी र थारु समुदायका महिला जितिया पर्व मनाउँदै



काठमाडौं ।

मधेशी र थारू महिलाले आइतबार जितिया पर्व मनाउँदै छन्। बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ।

आश्विन कृष्ण अष्टमीका दिन पानीसमेत नखाई भगवान् जीतमहान गोसाईँको पूजाआजा गरेर यो बस्ने परम्परा छ।

मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो ।

यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।

प्रकाशित मिति : २ आश्विन २०७९ आइतबार ००:००  ६ : ५७ बजे