१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल समाजवादी पार्टीको बुटवल नगर समिति पुनर्गठन



रुपन्देही ।

डा. बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ ।

पार्टीको बुटवलमा भएको भेलाले अध्यक्षतामा सुरज हितान मगरको अध्यक्ष ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर, टिकाराम पौडेल, कृष्ण भुसाल रहेका छन् । सचिवमा विष्णु खत्री, सहसचिवमा विष्णु खत्री,कोषाध्यक्षमा कुमारी नेपाली, रहेका छन्।

यस्तै सदस्यमा कृष्ण पाण्डेय, लक्ष्मी पोखरेल, गागाबहादुर बुढामगर, रुद्र प्रसाद गिरी लगायत रहेका छन् । भेलामा पार्टीका प्रदेश इन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू हरि घर्ती मगर , सुमी पुलामी मगर लगायत बोल्दै पार्टीको सङ्गठन वडा वडासम्म विस्तार, चुनावी रणनीति तय गर्ने लगायतका जिम्मेवारी नगरलाई प्रदान गरेको केन्द्रीय सदस्य पंकज राईले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  ३ : ०७ बजे