१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हत्या अभियोगमा जन्मकैद ठहर भएका रुपन्देहीका यादव २१ बर्षपछि पक्राउ



बुटवल ।

२०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरेको ठहर भई हालसम्म फरार रहेका साविक जोगडा गाविस वडा नं ७ हालको गैँडहवा गाँउ पालिका– ५ का ५७ वर्षिय रामपति अहिर यादव पक्राउ परेका हुन् ।

उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा गएको प्रहरी टोलिले पक्राउ गरेको हो । सो घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ बर्षपछि पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि बिभिन्न मितीमा मुल्तबिमा राखि २०७१ सालमा मुल्तविबाट जगाई २०७३ सालमा फैसला गरेको थियो ।

मुलुकि ऐन २०२० को ज्यान सम्बन्धि महल अनुसार जन्समकैद २० वर्ष सजाय भएका रामपति यादवलाई २०७९ असोज ४ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा सोहि दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए।

प्रकाशित मिति : ५ आश्विन २०७९ बुधबार ००:००  ११ : १९ बजे