१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोसपा त्याग्दै मधुसुदन, एमाले प्रवेश गर्दै



मायादेवी अनलाइन, बाणगंगा ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता मधुसुदन शरण चौधरी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । आसन्न मंसीर ४ को निर्वाचनमा लोसपाबाट प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ बाट लोसपाबाट उम्मेद्वार सिफारिस भएका चौधरी एमाले प्रवेश गर्ने भएका हुन् ।

उनलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ११ गते पकडी आउँदै छन् ।

एमालेले यो निर्वाचन क्षेत्रबाट उम्मेद्वारको सिफारिस गरेको थिएन् । यस क्षेत्रमा तुलनात्मक रुपमा कमजोर देखिएको एमाले मधुसुदनको एमाले प्रवेशसंगै केहीँ मजबुत बन्ने छ ।

एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन भएपछि यस क्षेत्रका प्रभावशाली नेता समाजवादीमा सक्रिय छन् । एमालेले यस क्षेत्रमा कमजोर महसुस गरिरहेको बेला चौधरी एमाले आएका हुन् । उनलाई नै आसन्न निर्वाचनमा उम्मेद्वार बनाउने एमालेको तयारी छ ।

यो पनि पढ्नुहोस्… लोसपा कपिलवस्तुबाट प्रतिनिधिसभा-१ को ‘ख’ मा मधुसुदनको नाम सिफारिस

यता पनि…

कपिलवस्तुमा डेढ दशक भित्रै कमजोर बनेको मधेस केन्द्रित दलको शक्ति

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ९ : ५३ बजे