८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न/ नगराउन सरकारलाई आयोगको निर्देशन



काठमाण्डौ ।

निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्नरनगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको काममा बाधा उत्पन्न हुने उल्लेख छ।

यसले समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्न सक्ने पनि आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  ७ : ०३ बजे