१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्व पर्यटन दिवसमा लुम्बिनी आउने विदेशी पर्यटकलाई विशेष अफर



भैरहवा ।

विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष अफर दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरको छन् । ‘पर्यटनकोलागि पुर्नविचार’ गरौं भन्ने मुल नाराका मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महत्व दिदै पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाईमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको

विश्व पर्यटन दिवसलाई सफल पार्न पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठीत विश्व पर्यटन दिवस मुल समारोह समितीले कार्यक्रमबारे जानकारी दिन नेपाल र भारतका पत्रकारहरु सहभागी गराई पत्रकार सम्मेलन समेत गरेकोछ । पर्यटनकोलागि पुर्नबिचार गरौ ९रिथिंङकीङ टुरिज्म० भन्ने अभियानका साथ विश्वभर यस बर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सोहि अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशिले बताए ।

असोज ११ गतेका दिन स्थल मार्ग हुदै बढी पर्यटक भित्रीने बेलहिया र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी चारजना पर्यटकलाई सम्मान गर्ने तथा होटल र ट्राभलमा शतप्रतिशत निशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत पर्यटनमैत्री प्याकेज घोषणा गरेका छन् । सरकार र व्यवसायीहरुले ६ महिना सम्म विशेष अफर दिने प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकारद्वारा गठीत विश्व पर्यटन दिवस मूल समारोह समितीका संयोजक चन्द्र प्रकाश श्रेष्ठले असोज ११ अर्थात सेप्टेम्बर २७ दिन चार जना पर्यटकलाई तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तब्यमा घुम्नकोलागि गाडीको निशुल्क व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरुलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताए । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट –नाट्टा० लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले पर्यटकहरुलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउनेगरी तयारी गरिहेको बताए ।

सो अवसरमा पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख पर्यटकीय गन्तब्यको बारेमा जानकारी गराउदैं यस बर्षको पर्यटन दिवसलाई उल्लासमय ढंगले पर्यटकलाई खुसी पार्नेगरी सबैको सहकार्यमा मनाउने बताए । भारतको उत्तरप्रदेशको गोरखरपुर, कुशीनगर, देवरीया, सन्तकबिर नगर, सिद्धार्थनगर, महाराजगन्ज, बस्ती र सुनौलिदेखि बिबीसी हिन्दी गोरखपुर प्रमुख पवन शाहको नेतृत्वमा भारतीय विभिन्न टेलिभिजन, अखबारमा कार्यरत २५ जना पत्रकारहरु र नेपाली पत्रकारहरु सहभागी पत्रकार सम्मेलनमा सहभागी भएको विश्व पर्यटन दिवसको मुल समारोह लुम्बिनी प्रदेशको सदस्य समेत रहेका अग्रज पत्रकार माधब ढुंगानाले बताए ।

पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल र भारतीय पत्रकारहरुको तर्फबाट बिबीसि हिन्दीका पवन शाहले आफ्ना धारणा राख्दै नेपाली पर्यटन क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनकोलागि दुबै देशका पत्रकारहरुले सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।पर्यटन दिवसको अवसरमा रुपन्देहीका होटलहरुले २० प्रतिशत छुट दिने भएका छन् । यसैगरी रात्रीकालिन बजार, टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा राख्नेगरी कार्यक्रम अगाडी बढाउने व्यवसायीहरुले समेत घोषणा गरेका छन् ।

बेलहियामा विगत दशकदेखि हरेक बर्ष सेप्टेम्बर २७ का दिन पर्यटन सम्बन्धि विभिन्न गतिबिधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको विश्व पर्यटन दिवस मुल समारोह समिती लुम्बिनी प्रदेशका सदस्य नरेश केसीले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  ६ : २६ बजे