१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै



काठमाडौं ।

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेरनआउने निश्चित भएको छैन ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९ आइतबार ००:००  ८ : २८ बजे