१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रेडियो मायादेवीद्धारा चाडपर्व लक्षित शुभकामना आदान प्रदान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले आउँदै गरेका महत्वपूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

नव छहारी सामाजिक विकास संस्थाद्धारा सन्चालित रेडियो मायादेवीले रेडियो सन्चालक समिति, शेयर सदस्य र कर्मचारी बीच शुभकामना आदानप्रदान गरेको हो ।

०७१ साल देखि जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुरबाट सन्चालित रेडियोले उक्त अवसर पारी लामो समय रेडियोमा काम गरेर विदा भएका बजार सहायक शिला भट्टराई र समाचार वाचक चेतन विष्टलाई सम्मान पत्रले सम्मान गरेको छ ।

नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष नन्दकिशोर शुक्लाले सम्मान पत्र र दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गर्नुभएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष शुक्लाले रेडियोले स्रोताको मन जित्दै गएको भन्दै खुसी व्यक्ति गर्नुभयो । रेडियोका भीडहरुमा मायादेवीले छुट्टै आफ्ना छाप पार्न सफल रहेको भन्दै आगामी दिनमा रेडियोलाई थप मजबुत बनाउँदै लगिने बताउनुभयो ।

रेडियो सन्चालनका सुरुवाति चरणमा केही समस्या भएपनि अहिले रेडियोले निरन्तर सफलता हासिल गरेको र यसमा कर्मचारीको भूमिका अहम रहेको सुनाउनुभयो ।

रेडियोका निर्देशक दिपक अनुरागीले रेडियोको प्रगति विवरण सुनाउनुभएको थियो ।

नव छहारी सामाजिक विकास संस्थाका सदस्य टेकेन्द्र कुमार क्षेत्रीको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ८ : ३६ बजे