१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २० बर्ष पछि पक्राउ



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादि २० बर्ष पछि पक्राउ परेका छन् । बुद्धभुमि नगरपालिका वडा नम्बर ९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाँउ बस्ने ६३ का चैतराम थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

२०५९ साल फागुन ३० गते राति १ साबिक बरकलपुर गाविस वडा नं १ हाल बुद्भुमिनगरपालिका वडा नम्बर ९ बस्ने बद्लु थारुको श्रीमति ४५ वर्षिय आसिया थारुको हत्या भएको थियो ।

थारुलाई राति सुतिरहेको समयमा ३÷४ जनाको समुहले कुटपिटगरी हत्या गरेका थिए । हातमा लाठि बोकेका आएका मानिसको समुहले थारुलाई गोठ बाहिर लगि लाठिले टाउको लगायत शरीरको बिभिन्न भागमा प्रहार गरी हत्या गरी फरार थिए ।

कपिलवस्तु प्रहरीले २० वर्षपछि घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । उनिहरु माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ६ : २१ बजे