१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दशैंको दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते दशैंका दिन केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै त्यस दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, दशैंको भोलिपल्ट पनि ति क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल बंगालको खाडीमा विकसित न्युन चापीय क्षेत्र उत्तरपश्चिमतर्फ सर्दै जाने भएकाले असोज १८ गतेदेखि नेपालमा पनि यसको प्रभाव पर्ने र दशैंका दिनहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ७ : ४८ बजे