१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

तिलोत्तमामा मोटरसाइकल दुर्घटना : २३ बर्षीय युवकको ज्यान गयो



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी शुक्रबार राति बुटवल उपमहानगरका एक युवाले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमास्थित ड्राइभरटोल नजिकै रातको करिब पौने ११ बजे मोटरसाइकल दुर्घटना हुँदा बुटवल शुख्खानगरका २३ वर्षीय सायमन मल्लले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ५ : २७ बजे