१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थप ३३ जनामा कोरोना संक्रमण



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना कोरोना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या आठ सय ८९ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०७९ आइतबार ००:००  ८ : ०४ बजे