२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले पाउने यी हुन् प्रतिनिधिसभा र प्रदेशसभा



मायादेवी अनलाइन, कपिलवस्तु ।
आसन्न मंसिर ४ को निर्वाचनका लागि सत्तागठबन्धनबाट सिट बाँडफाँड टुङ्गो लागेको छ । जस अन्तर्गत नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाका १९ सिट पाउने भएको छ । थप एक सिटमा शनिबार विहानसम्म टुङ्गो लाग्ने जनाइएको छ ।

देशभरका ७ प्रदेशमध्ये ६ प्रदेशमा एकीकृत समाजवादीले पाउने लगभग पक्कापक्की भएको छ । कतिपय क्षेत्रमा दोहोरो दावी भएको कारण शनिबार विहानसम्म टुङ्ग्याउने तयारी छ । लुम्बिनी प्रदेश भित्रका प्रदेशसभामा भने सहमति हुन बाँकी छ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादी, सम्भावित उम्मेद्वार समेत

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ – जगनाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ – किसान श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं. ८ – जिवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. १ – राजेन्द्र पाण्डे
८. मकवानपुर क्षेत्र नं. २- विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ – श्रीनाथ बराल र शिवजी गुरुङ
१०. गुल्मी क्षेत्र नं. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ – मेटमणी चौधरी
१४. सल्यान- प्रकाश ज्वाला
१५. डोल्पा- धन बहादुर बुढा
१६. दैलेख क्षेत्र नं. १- अम्बर बहादुर थापा
१७. अछाम क्षेत्र नं. १ – शेर बहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेम बहादुर आले

प्रदेश सभा

नम्बर प्रदेश १ –

ताप्लेजुङ १, पाँचथर १, इलाम १, झापा २ (क), संखुवासभा (ख), भोजपुर (क), धनकुटा (क), मोरङ १ (ख), मोरङ ३ (ख), सुनसरी १ (ख) र खोटाङ (क)

मधेस प्रदेशः

सप्तरी ४ (क), सिराहा १ (ख), सिराहा २ (ख), सिराह ३ (क), धनुषा ४ (ख), महोत्तरी २ (क), सर्लाही १ (ख), सर्लाही ३ (क) रौतहट १ (क) र रौतहट ३ (क)

बागमति प्रदेशः

नुवाकोट २ (क), काठमाडौं १० (ख), काठमाडौं २ (ख), काठमाडौं ४ (ख), काठमाडौं ५ (ख), काठमाडौं ६ (ख), काठमाडौं ७ (क), भक्तपुर २ (ख), ललितपुर २ (क), काभ्रे २ (क), र चितवन १ (ख)

गण्डकी प्रदेशः

स्याङ्जा २ (क), नवलपरासी २ (ख)

लुम्बिनी प्रदेशः छलफल जारी

कर्णाली प्रदेशः

मुगु (क), जुम्ला (ख)

सुदूरपश्चिम प्रदेशः

बाजुरा (ख), अछाम २ (ख), कैलाली ३ (ख), कैलाली ४ (क), कंचनपुर २ (ख) छलफल जारी, कंचनपुर ३ (क) छलफल जारी

प्रकाशित मिति : २२ आश्विन २०७९ शनिबार ००:००  ६ : २५ बजे