मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) भित्र असन्तुष्टि चुलिएको छ ।
प्रतिनिधि सभा ३ को प्रदेश सभा क मा पार्टीले एहसान खालाई टिकट दिए पछि यसका विरुद्ध माओवादी नेता चुर बहादुर खड्का (जीवन) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पश्चिम क्षेत्रका माओवादीका प्रभावशाली नेता रहेका खड्काले लामो त्याग गरेको पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार बनेको बताए ।
सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उनले पार्टी भित्र भित्रिएको बिकृत रुपको बिरोध गरेका छन् । ०७४ सालको स्थानीय तहको चुनावमा शिवराज नगरपालिका ९ को वडाध्यक्ष बनेका खड्का गत बैशाख ३० को निर्वाचनमा नयाँलाई अवसर दिनु पर्छ भन्दै पुनः वडा अध्यक्षमा उठ्न मानेका थिएनन् । आसन्न मंसिर ४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा उठ्ने इच्छा राखेका उनले अन्ततः टिकट पाएनन् । पार्टीले एकाएक एहसानलाई टिकट दिएको छ ।
उनी भर्खर मात्र माओवादी प्रवेश गरेका थिए । सत्ता गठबन्धनबाट यहाँ माओवादीले पाएको थियो । यद्यपि नेकपा (एकीकृत समाजवादी) ले प्रमुख दाबी गरेको यसमा टिकट नपाए पछि छुट्टै उम्मेदवार खडा गरेको छ । समाजवादीले जीवलाल पौडेललाई उम्मेदवार बनाएको हो ।
प्रतिक्रिया