२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

कपिलवस्तु २ मा रुपेश श्रेष्ठले दिए एमाले विरुद्ध स्वतन्त्र उम्मेदवारी




मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तु २ को प्रतिनिधि सभामा रुपेश श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका नेता समेत रहेका श्रेष्ठले टिकट बितरणमा असन्तुष्ट जनाउदै प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

श्रेष्ठ ०५४ को स्थानीय तहको निर्वाचनमा साबिक बुड्ढी गाबिसका अध्यक्ष भएका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट बुद्धभूमि नगरपालिकाको मेयरमा चुनाव लडेका उनी १ सय ३७ मतले मेयरमा हारेका थिए ।

गत बैशाख ३० को निर्वाचनमा बुद्धभूमि नगरपालिकाको मेयरमा चुनाव लड्न जोडबल गरेका उनलाई पार्टीले टिकट दिएको थिएन । स्थानीय तहको चुनाव पछि बुद्धभूमि एमालेमा देखिको किचलो पश्चात् उनी आसन्न मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेको थियो । त्यहीँ चर्चाका बीच उनले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई एमालेका थुप्रै नेताको साथ रहेको बुझिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ८ : ५९ बजे