१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

लुम्बिनीसहित आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं ।

हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू९भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९ बिहिबार ००:००  ६ : ४७ बजे