१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा



काठमाण्डौ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको ज्यान गएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाई खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उप(प्रबन्धक विनय गिरीले जानकारी दिनुभयो ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपन लगायतका शर्त राखेको छ ।

यही असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको ज्यान गएपछि प्राधिकरणको बैठकले दशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९ आइतबार ००:००  ४ : ४४ बजे