६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीको घरदैलो तिव्र



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ मा घरदैलो अभियानलाई तिव्र पारेको छ ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन नजिकिदै जादा एकीकृत समाजवादीले घरदैलो अभियानलाई तिव्र पारेको हो ।

समाजवादीबाट चुनावमा उठेका जीवलाल पौडेलले जनताको बीचमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, सिंचाईको एजेण्डालाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् ।

पहिलो पटक चुनावमा उठेका पौडेल त्यस क्षेत्रमा लोकप्रिय छन् । तत्कालिन नेकपा एमालेबाट राजनीति यात्रा थालेका उनी पार्टी विभाजन पश्चात हाल एकीकृत समाजवादीमा छन् ।

समाजवादीको प्रदेश लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका उनलाई आम मतदाताले जितको शुभकाना दिएका छन् । घरदैलोमा जनताको उत्साहजनक समर्थनले आफू उत्साहित भएको उनले बताए । आसन्न चुनावमा सबैको साथ र सहयोगले आफू विजयी हुनेमा उनी ढुक्क छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ५ : २८ बजे