१९ जेष्ठ २०८१, शनिबार | Sat Jun 1 2024

महिला साफ च्याम्पियनसिपः आज नेपाल र भुटान भिड्दै



काठमाडौं ।

बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानको सामना गर्दैछ ।

ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ ।

भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनस् बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  ८ : १३ बजे