१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा



काठमाडौं ।

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।

तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए ।

यस जितसँगै अर्जेन्टिना समूह सी को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  ६ : ०६ बजे