१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण



बुटवल ।
नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज लुम्बिनी भ्रमण गरेकी छन् । राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्यसहितको टोलीले स्वागत गरेका थिए । 

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दै राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि जाने विषयमा सकारात्मक रहेको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए । विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको हो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो । 

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  ८ : ०८ बजे