८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बेल्जियम विश्वकपबाट बाहिरियो



काठमाडौं ।

बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए।

क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् । बराबरीपछि समूह एफ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो । बेल्जियम तेस्रो स्थान रह्यो ।

बेल्जियमको यस टिमलाई गोल्डेन जेनेरेसनु मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ । क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो । साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ६ : ०३ बजे