६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पार्टीको वर्तमान नेतृत्वबाट चुनौतीको समाधान हुँदैन : कांग्रेस नेता भण्डारी



गुल्मी ।

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् ।

शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  २ : ०० बजे