१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै



स्याङ्जा ।

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पार्नुभएको हो । 

कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाउनुभएको छ भने एमालेकी अर्यालले १२ हजार नौ सय नौ मत पाउनुभएको छ । 

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नौ सय ६२ मत प्राप्त गर्नुभएको छ । 

स्याङ्जा २ को ९क० तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिनुभएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नं १, २ र ३ को गणना सकिँदा एमालेका श्रेष्ठले एक सय ९० मतले अग्रता लिनुभएको हो । श्रेष्ठले दुई हजार तीन सय ३६ मत ल्याउनुभएको छ भने कांग्रेसका महेश भट्टराईले दुई हजार एक सय ४६ मत पाउनुभएको छ । 

प्रदेश ९क० को भने गणना सम्पन्न भइसकेको छ । यहाँ कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ३ : १२ बजे