१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतीय राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वधाई दिएका छन् । शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन् ।

भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । राजदूत श्रीवास्तवले यसअघि मंसिर १० गते प्रधानमन्त्री देउवालाई भेटेका थिए । मतगणना जारी रहेकै बेला उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि आलोचना भएको थियो । 

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  २ : ०४ बजे