१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीको अग्रता कायमै



काठमाण्डौ ।

प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, स्याङ्जा-२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता बनाउनुभएको छ । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत ल्याउनुभएको छ ।

दोलखामा पनि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाउनुभएको छ । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  ३ : ४१ बजे