८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी



काठमाडौं ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ९ : ४१ बजे