१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नवलपरासीमा उखु खेतीमा आगलागीबाट लाखौँको क्षति



नवलपरासी ।

पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा किसानको लाखौँ रुपियाँको क्षति भएको छ ।

प्रतापपुर गाउँपालिकाको वार्ड नम्बर ५ स्थित बसहियाका किसानको बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापुरका सात जना किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार आइतबार दिउँसो करिब १ बजे बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुर ७ का किसान भिखारी कुर्मी, जुगुल गुप्ता, राम दुलार लोनियाँ, सञ्जय पासी, महेन्द्र पासी, एवं रविन्द्र पासीको गरी ७ जना किसानको जम्मा ४ बिगाहा ८ कठठा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

आगलागी कसरी भयो भन्ने कुरा अझैँ खुल्न नसकेको भए पनि किसानको उखु खेतमा लागेको आगलागीले करिब १२ लाख ९८ हजार रुपियाँको नोक्सानी भएको पीडित किसान बेलास सिंहको भनाइ रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  १ : १४ बजे