१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तलब भत्ता नपाउँदा स्वास्थ्यकर्मीद्वारा ज्ञापनपत्र हस्तान्तरण



नेपालगञ्ज।

बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् ।

स्थानीय तहको निर्वाचनपछि हालसम्म पनि गाउँसभा बस्न नसक्दा बजेट समेत पास नभएर गाउँपालिकाका कुनै पनि कर्मचारीले तलब भत्ता नपाएका हुन् । यस्तै, विकास निर्माणलगायत काम पनि अगाडि बढ्न सकेको छैन ।

दलहरूको विवादका कारण गाउँसभाको बैठक नहुँदा सेवा सुविधा नपाएपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।

स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेललाई तलब भत्ताको माग गर्दैे ज्ञापन पत्र बुझाउनुभएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेकाले गाउँसभा हुन नसकेको जनाउँदै सोही कारणले बजेट पास नभएको बताउनुभयो ।

उहाँले विपक्षी दलहरुले गाउँपालिकालाई बन्धक बनाएर निकास नदिँदा अहिले समस्या भएको बताउनुभयो ।

विपक्षीको कुरै नसुनेर गाउँपालिकाका अध्यक्षले एकलौटी रुपमा काम गर्न खोजेकाले असहयोग गरेको विपक्षी दलहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  २ : २७ बजे