१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

नेकपा (एस) कपिलवस्तुको १३ औं सचिवालय बैठकमा निर्वाचनको समिक्षा



मायादेवी अनलाइन, बाणगङ्गा ।

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको १३ औं सचिवालय बैठक बसेको छ ।

पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षतामा बसेको बैठकले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्नु हुने सम्पूर्ण मतदाता प्रति आभार प्रकट गरेको छ । निर्वाचनमा दुई प्रदेश सभामा गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा भए पनि सम्मानजनक मत पाएको छ ।

कपिलवस्तु १ को प्रदेश सभा २ मा जित्ने परिस्थिति भएपनि प्राबिधिक कारणले चुनाव हारिएको पार्टीले समीक्षा गरेको पार्टीका जिल्ला सचिव कमल भट्टराईले बताए । साथै प्रतिनिधि सभा ३ को प्रदेश सभा १ मा सम्मानजनक मत पाएको पनि उनले बताए ।

निर्वाचनमा समानुपातिक तर्फ कलम चुनाव चिन्हमा पाएको मत सम्मानजनक भएको भन्दै आगामी दिनमा मतदाताको बिश्वास जित्ने गरि थप काम गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा प्रदेश सभाका उम्मेदवार फैजल खान र जीवलाल पौडेलले निर्वाचनबारे आ आफ्नो धारणा राख्दै पार्टी नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका थिए ।

बैठकले पार्टी हित बिपरित काम गर्ने र पार्टी छाड्नेलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

यस्तै कतिपय नेतालाई जिल्ला सचिवालय सदस्यमा मनोनीत गरेको समाजवादीको जिल्ला प्रचार बिभागले जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्रीले विषम परिस्थितिका बीच निर्वाचन लड्नु परेको र जनताको बिश्वास उल्लेख प्राप्त भएको बताए।

जिल्ला पार्टीले गठबन्धनबाट प्रदेश सभामा टिकट माग गरे पनि टिकट प्राप्त नभए पछि दुई वटा प्रदेश सभामा मित्रवत प्रतिस्पर्धामा जानू परेको बताए । गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्दा पनि जनताबाट उल्लेख साथ पाएको बताउनुभयो । समानुपातिक तर्फ मतदाता गर्ने मतदान प्रति पनि उनले आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ७ : २९ बजे