१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अदुवा–चियाका फाइदा



काठमाडौं ।

चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ, अदुवा हालेर बनाइएको चिया अधिकांशको रोजाइमा पर्ने गर्छ । त्यसमा पनि अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ ।

– अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
– यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउन सक्छ ।
– त्यस्तै, शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ ।
– क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
– रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
– रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ ।
– पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
– शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
– महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
– अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
– हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  ९ : १२ बजे