१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दक्षिणायनको अन्तिम औँसीः तीर्थ अर्थात् गया श्राद्ध गरिँदै



काठमाण्डौ ।

हरेक वर्ष चन्द्रमासअनुसार पुस कृष्ण पक्षको औँसीका दिन गरिने दर्शन एवम् तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।
दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चन्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ ।

उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पुस कृष्ण पक्षको औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।

आज काठमाण्डौको गोकर्ण उत्तरगयासहित त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गम बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ९ : २६ बजे