१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चार्ल्स शोभराज शुक्रबार बेलुका नै फ्रान्स उड्ने तयारी



काठमाडौँ ।

केन्द्रीय कारागारबाट बुधबार बिहान छुटेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बुधबार बेलुका नै फ्रान्सतर्फ उड्ने भएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्।

केन्द्रीय कारागारबाट अध्यागमन विभाग लगिएका शोभराजलाई बेलुकासम्म डिल्लीबजारस्थित कारागार लगिने र बेलुका उनी पेरिसतर्फ उड्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। यद्यपि अध्यागमनका प्रक्रिया बाँकी रहे उनलाई डिल्लीबजारस्थित कारागारमै राखिने पनि सुरक्षा स्रोतले जानकारी दिएको छ।

सिरियल किलर भनेर चिनिने चार्ल्स शोभराज विभिन्न अपराधमा १९ वर्ष २ महिनादेखि नेपालको जेलमा रहँदै आएका थिए।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ४ : १४ बजे