१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै



काठमाण्डौ ।

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् ।

उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

नेपाल क्रिकेट सङ्घ क्यानले हिजो पत्रकार सम्मेलन गरेर विजेताले ५५ लाख रुपैयाँ पाउने जनाएको हो । यस्तै, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  ८ : २१ बजे