१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अमेरिकामा शीतकालीन हिमआँधी : १२ जनाको ज्यान गयो



एजेन्सी ।

अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । जनजीवन अस्तव्यस्त भएको छ ।

हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५ लाखभन्दा धेरै मानिस विद्युत् विहीन हुनुका साथै हजारौँ उडान रद्द भएका बीबीसीले जनाएको छ । साउथ डकोटामा हिउँमा परेका केहीले इन्धन सकिएपछि निक्कै समस्या भोगेका छन् ।

क्यानडा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका छन् । वायुमण्डलीय चाप घट्दा उत्पन्न चक्रवातले अमेरिका–क्यानडा सीमाका ठूला लेकहरूमा हिमपात भएको छ । विशाल आँधी टेक्सासदेखि मेनसम्म २ हजार माइल फैलिएको त्यहाँको राष्ट्रिय मौसम सेवा विभागले जनाएको छ ।

पेन्सिलभेनिया र मिसिगनका क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउँ पर्ने अनुमान छ ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  १२ : २० बजे