६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेपाल टी-२० लिग सुरु : पहिलो खेलमा काठमाडौं विजयी



काठमाडौं।

अनेक आशंकाबीच नेपाल टी-२० क्रिकेट लिग शनिबार सुरु भएको छ । लिगको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १६३ रनको लक्ष्य पछ्याएको पोखरालाई १३६ रनमा रोक्दै काठमाडौंले जित हासिल गरेको हो ।

पोखराका लागि उपुल थरंगाले ४४ रन बनाए पनि जित दिलाउन सकेनन् । निर्धारित १९ ओभरमा सात विकेट गुमाउँदै उसले १३६ रन मात्र बनाउन सक्यो । आरिफ शेखले २० रनको योगदान गरे ।

काठमाडौंका लागि अविनाश बोहराले ३, बसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। अजमातुल्लाह उमरजाईले सर्वाधिक ८५ रन बनाए । पोखराको लागि प्रतिस जिसी र जाहिर खानले २–२ विकेट लिए ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  १ : १४ बजे