१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री दाहालसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ



काठमाण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी एमालेबाट दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीबाट अब्दुल खानले पनि शपथ लिएका छन् । उनीहरूलाई अहिलेसम्म कुनै पनि विभागीय मन्त्रालयको जिम्मा दिइएको छैन । ज्वालाकुमारी साहलाई पनि एमालेका तर्फबाट मन्त्री बनाइए पनि उनी शपथमा सहभागी भइनन् ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ५ : ०७ बजे